after_navbar

दाङमा पत्रकारका बाबुछोराको कोरोनाबाट ज्यान गयो


जेठ ०३, २०७८


दाङ । दाङमा कोरोनाबाट एक पत्रकारका बाबुछोराको ज्यान गएको छ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत बबई गाउँपालिका वडा नम्वर ४ हापुरेका लक्ष्मण बस्नेतको भैरहवामा उपचारको क्रममा सोमवार ज्यान गएको हो ।

ad

कोरोना संक्रमण भएपछि बस्नेतलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको थियो । यस अघि आईतवार उहाँँका बुवा टोप बहादुर बस्नेतको पनि निधन भएको थियो ।

यस अघि दाङका एक पत्रकारको कोरोना संक्रमणकै कारण निधन भईसकेको छ । यो संगै दाङका दुई जना पत्रकारको संक्रमणकै कारण निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="