after_navbar

अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको ज्यान गयो


असार १३, २०७८


दाङ। अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् ।

ad

संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।

अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् । ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ । सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="