after_navbar

दाङमा भोलिदेखी कोरोना विरुद्धको खोप लगाईने


श्रावण ०२, २०७८


दाङ। दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ ।

ad

स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउने मिल्नेछ । सोहि अनुसार जिल्लाका दश वटै स्थानिय पालिकाका ५५ बर्ष माथिका सवै नागरिकलाई खोप दिईनेछ ।

यस्तैगरी लक्षित समुह अन्र्तगत शिक्षक,कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुर, यस अघि खोप लगाउन छुटेका लक्षित समुहले पनि खोप लगाउने पाउनेछन् । सवै नागरिकलाई पाएक पर्ने गरी स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट खोप दिईनेछ ।

खाेप लगाउन जादा नागरीकता अथवा परिचय खुल्ने परिचयपत्र अनिवार्य लिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

data-href="