after_navbar

ईपीएलमा चितवन टाइगर्सको कप्तानी सोमपालले गर्ने


श्रावण ०३, २०७८


काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।

ad

यसअघि काठमाडौं किङ्स ११ बाट खेलेका सोमपाल ईपीएलको प्लेयर ट्रेड नियम अनुसार चितवन टाइगर्स पुगेका थिए । त्यसमा चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा पुगेका थिए । सोमपालले पहिलो पटक चितवनबाट ईपीएल खेल्दैछन् । यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए ।

सोमपालले नेतृत्व गर्न दिएकोमा टिम व्यवस्थापनलाई धन्यवाद दिएका छन् । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

data-href="