after_navbar

राम्रीमा ट्याक्सी दुर्घटना, ४ जना घाईते


श्रावण ०८, २०७८


दाङ । तुलसीपुरको राम्रीमा ट्याक्सी दुर्घटना हुदा चार जना घाईते भएका छन् ।

ad

राम्री नजिकै घुम्तिमा ब्रेकफेल भई गाडी भित्तामा ठोकिएको प्रहरीले बताएको छ । रोल्पाको सिमपानीबाट तुलसीपुर आउदै गरेको ना १ ज २१९७ नम्वरको ट्याक्सी तुलसीपुर ३ राम्रीमा शुक्रवार दिउँसो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ४ बस्ने ५४ बर्षिय मोहनलाल सार्की, सोहि ठाउँका २८ बर्षि तुल बहादुर घर्ति, ४० बर्षिया दिपा घर्ति र चालक ३२ बर्षिय अजय बुढामगर रहेका छन् । उनीहरु सवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

ट्याक्सीमा १२ जना सवार रहेको प्रहरीले बताएको छ । भित्ता तिर गाडी ठोकिएको हुदा मानविय क्षति नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="