after_navbar

तुलसीपुरमा मोटरसाईकल दुर्घटना, एक जनाको ज्यान गयो


श्रावण १२, २०७८


दाङ।तुलसीपुरमा मोटरसाईकल दुर्घटनामा परि एक पुरुषको ज्यान गएको छ ।

ad

तुलसिपुर – घोराही सडकखण्ड अन्र्तगत पर्सेनीमा सडक निर्माणका लागि ह्युमपाईप हालिएको खाल्डोमा परि दुर्घटना भएको हो । रा ६ प ७२५ नम्बरको मोटरसाईकल दुर्घटनामा परि चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटना मंगलबार विहान पख भएको बताईएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

data-href="