after_navbar

दङ्गाली गीतकार अभि क्षेत्रीको “नसोध भो” सार्वजनिक


श्रावण ३१, २०७८


कपिल लामिछाने
“नसोध भो कस्तो बित्छ दिन,कस्तो बित्छ रात
सम्झनामा तिमी हुन्छौ सिरानीमा पराईको हात”
बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउदै आएका दङ्गाली गीतकार अभि क्षेत्री समर्पण द्धारा रचना गरिएको आधुनिक गजल गीत “नसोध भो” सार्वजनिक भएको छ ।

ad

एभेरेष्ट ग्यालरीको अफिसियल्ली यूटुभ च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई दङ्गाली संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने गीतलाई गायक प्रबिण बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।
अकेस्टिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले एरेन्जर गरेका छन् भने गीतको भिडियोमा मोडल शिल्पा पोख्रेल र कर्ण वली “शिशिर”ले अभिनय गरेका छन् ।
बिद्यमान नेपाली समाजमा प्रेम एउटा सँग बिहे अर्को सँग भईरहेको घटनालाई गीतको भावले ब्याख्या गरेको छ । आफुले चाहेको मान्छे नपाउदा पराई सँग बिहे गर्ने बाध्यता नेपाली समाजमा अहिले पनि बिद्यमान नै छ । गीतले यसरी घरपरिवारले दुई प्रेमीको प्रेमलाई स्वीकार नगरेपछि नचिनेको मान्छे सँग बिहे गर्ने बाध्यता सिर्जना गरेको र पहिलेको मायामा पनि उत्तिकै प्रेम र सम्मान रहने कुरालाई कारूणिक दृश्य मार्फत छर्लङ्ग परिदिएको छ ।

गीतले माया कहिले नओईलाउने र जहाँ जो सँग आफ्नो प्रेमी वा प्रेमीका भएपनि उसको खुसीका लागी सधै प्रार्थना गरिरहने एउटा प्रेमी प्रेमीकाको कथालाई भिडियो मार्फत प्रस्तुत गरेको छ ।
https://youtube.com/watch?v=hnZZgg1U7GI&feature=share
उक्त गीतलाई माथिको लिङ्क क्लिक गरि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="