after_navbar

तुलसीपुरका विद्यालय भदौ २७ देखि भौतिक उपस्थितीमा संचालन गर्न अनुरोध


भदौ २२, २०७८


दाङ । विद्यार्थीहरुको भौतिक उपस्थितीमै विद्यालय संचालन गर्न तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

ad

मंगलबार सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थितीमै तुलसीपुर क्षेत्रमा रहेका सामुदायिक र निजी सबै विद्यालयहरु संचालन गर्न उपमहानगरपालिकाले अनुरोध गरेको हो ।

सूचनामा विद्यालय संचालनको क्रममा एउटा कक्षा कोठाबाट अर्को कक्षामा आवत आवत नगर्ने, बढिमा ५० जना सम्म विद्यार्थी संख्या भएका विद्यालयहरुले एकै सिफ्टमा चलाउन सक्ने तर त्यो भन्दा बढि विद्यार्थी भएका विद्यालयहरुले दुई/तिन सिफ्टमा विद्यालय संचालन गर्नुपर्ने, कक्षा कोठामा बढिमा १५ जना सम्म भौतिक दुरी गरी बसाई व्यवस्थापन गर्नुपर्ने छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले विद्यालयहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै हाललाई स्कुल बस संचालन नगरि विभिन्न सिफ्टमा विद्यालय संचालन गर्न उपमहानगरपालिकाको शिक्षा शाखाले तुलसीपुर उपमहानगरपालिकाका सम्पुर्ण विद्यालयहरुलाई अनुरोध गरेको हो ।

साथै कक्षा संचालाका क्रममा स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएमा जुन सुकै बखत भौतिक कक्षा स्थगन गर्न सकिने सूचनामा बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="