after_navbar

इण्डोनेसियाको जेलमा आगलागी, ४१ जनाको ज्यान गयाे


भदौ २३, २०७८


इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । राजधानी जाकार्ताकाे बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ ।

ad

त्यहाँकाे बान्टेन प्रान्तकाे तेङ्गराङ्ग जेलको ब्लक सीमा आगो लागेको त्यहाँको प्रहरीले जनाएको छ । आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदी थिए । ४० जना क्षमता भएको जेलमा  १ सय २२ जना कैदी राखिएको थियो । उनीहरु लागु औषधको कारोबारमा दोषी पाइए पछि सजाय काटिरहेका थिए । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

data-href="