after_navbar

तुलसीपुरमा बौलाहा कुकुरले टोकेका पशुहरूलाई रेबिज बिरुद्धको खोप लगाइयो


भदौ २७, २०७८


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा केहिदिन अघि बौलाहा कुकुरले टोकेका पशुहरूलाई आज रेबिज बिरुद्धको खोप लगाइएको छ ।

ad

तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् २ नम्बर वडा कार्यालयको सहकार्यमा आज वडा भरिका घरपालुवा कुकुर एवम् कुकुरले टोकेका भेडा, बाख्रा, सुँगुर लगायतका ५२ वटा जनावरहरूलाई रेबिज बिरुद्धको खोप लगाइएको हो ।

खोप कार्यक्रम तुलसीपुर २ को मावि बालापुर, भुवनेश्वरी मन्दिर भमकेमा र १ नम्बर वडाको मिलनचोकमा पशु सेवा शाखाको टोलि पुगि सम्पन्न गरेको हो । कार्यक्रम पशु चिकित्सक डाक्टर मनोज वलीको अध्यक्षता एवम् वडा अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । खोप कार्यक्रम सोमबार तुलसीपुर ८ मा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

data-href="