after_navbar

अमेरिकालाई नेपालले दियो १७५ रनको लक्ष्य


असोज ०१, २०७८


क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकालाई मात्र १७५ रनको लक्ष्य दिएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा मात्र १७४ रन मात्र बनायो ।

ad

कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । ज्ञानेन्द्र बाहेक अन्य नेपाली ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । नेपालले खराब ब्याटिङ गर्दै अन्तिम ३४ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्किने आशा देखाएका थिए ।
स्पिनर करिमाले १२ औं ओभरको तेस्रो बलमा कुशललाई ३६ रनमा बोल्ड आउट गरेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल दुई रनमा क्याच आउट भएपछि नेपाल ६३–३ को अवस्थामा पुगेको छ ।

२४ औं ओभरको तेस्रो बलमा विकेटकिपर विनोद भण्डारी १० रनमा आउट हुन पुगे ।

अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए ।

नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="