after_navbar

टेक्टर दुर्घटना हुँदा पश्चिम दाङमा ३ जना घाईते


असोज ०२, २०७८


दाङ । टेक्टर दुर्घटना हुँदा पश्चिम दाङमा ३ जना घाईते भएका छन् ।

ad

टेक्टरमा सवार बबई गाउँपालिका वडा नम्वर ६ बस्ने १८ बर्षिय धनराज थापा, सोहि ठाउँका १६ बर्षिय रोसन वली र १९ बर्षिय छवि बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ ।

पश्चिम देखी पन्चकुले आउदै गरेको रा १ त २८८३ नम्वरको टेक्टर शान्तिनगर गाउँपालिका ६ अमुवा नजिक शनिवार दिउँसो दुर्घटना भएको प्रहरीले बताएको छ ।

टेक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको बताईएको छ ।

घाइते मध्य थापा र वलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले बताएको छ । घाइते थापाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अर्का घाइते बुढाथोकीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । साथै ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान भैरहेकोे बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="