after_navbar

सन्दीप र करण चम्किदा ओमान १२१ रनमा अलआउट, लिए ४/४ विकेट


असोज ०३, २०७८


आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई १२१ रनमा अलआउट गरेकाे छ । 

ad

ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे हाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए । 

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् । 

यस शृङ्खलाअन्तर्गत पछिल्ला दुई खेलमा नेपालले राम्राे प्रदर्शन गर्न सकेकाे थिएन । नेपाल ओमानसँग पाँच विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियाे । 

प्रतिक्रिया दिनुहोस

data-href="