after_navbar

काेराेना पुष्टि हुने भन्दा निकाे हुने झन्डै तीन गुणा बढी


असोज ०४, २०७८


काठमाण्डाै । पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुनेकाे सङ्ख्या झन्डै तीन गुणा बढी भएकाे छ ।

ad

२४ घण्टामा एक हजार ९५ जना नयाँ सङ्क्रमित थपिएकामा दुई हजार नौ सय ५७ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार नौ सय ५७ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ ।

२४ घण्टामा १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जना अर्थात् सात दशमलव ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजो आइतवार पनि सङ्क्रमण दर सात प्रतिशतमा झरेको थियो ।

यस्तै यही अवधिमा थप आठ जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या  ११ हजार ४८ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि २२ हजार तीन सय जनामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="