after_navbar

दाङमा लागु औषध मुद्दामा फरार अभियुक्त ४ बर्ष पछि पक्राउ


असोज ०४, २०७८


दाङ । दाङमा प्रहरीले लागु औषध मुद्दामा फरार एक जनालाई करिव ४ वर्ष पछि पक्राउ गरेको छ ।

ad

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ मा बस्दै आएका ४१ वर्षीय राजन भनिने सुनिल पुरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई लागू औषध मुद्दामा सर्वोच्च अदालतको २०७४ मंसिर १९ गतेको निर्णयले ३ वर्ष नौ महिना ३ दिन कैद सजाए तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका उनलाई गएको असोज १ गते बेलुका ५ बजे तुलसीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनलाई पक्राउ गरी सोमबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="