after_navbar

खाद्यान्न र आर्थिक सहयोगमा रमाउँदै उपेन्द्र पौडेल


असोज ३०, २०७८


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर निबासी उपेन्द्र पौडेल बिगत ४ वर्षदेखि असहाय तथा आर्थिकरुपले विपन्न घरपरिवारलाई सहयोग गर्न तल्लिन हुनुहुन्छ ।

ad

आज शनिबार मात्रै उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुर निबासी कमल बिकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । वडा सदस्य राम बहादुर जिसीको उपस्थिमा चामल, दाल, नुन, तेल, साबुन र चिनि गरि दस हजार रुपैयाँ बराबरको सहयोग उहाँलाई हस्तान्तरण गरिएको हो ।

दुबईमा बस्दै आउनु भएका पौडेल दशैँ मनाउन घर आएको बेला सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गर्दै विभिन्न समयमा आफूले गरीब र असहायलाई सहयोग गर्दै आएको बताउनुभएको छ ।

सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको र आगामी दिनमा पनि गरीब दुखीको सहयोगमा आफू निरन्तर लाग्ने उहाँले बताउनुभएको छ । अहिलेसम्म वडा नम्बर ७ का ५० भन्दा बढी घरपरिवारलाई पौडेलले खाद्यान्न र आर्थिक सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="