after_navbar

तुलसीपुरमा भेरोसेलको दोस्रोमात्रा कात्तिक ५ र ६ गते लगाईने


कार्तिक ०४, २०७८


दाङ। तुलसीपुरमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा यहीं कार्तिक ५ र ६ गते लगाउन लागेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।

ad

तुलसीपुरका १९ वटै वडाका स्वास्थ्य संस्थाबाट यस अघि असोजको ९, १०, ११ गते भरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई मात्र खोप लगाइने भएको हो । पहिलो मात्रा लगाएका व्यक्तिले साबिकै स्वास्थ्य संस्थामा पुगि खोप लगाउन सकिने केसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

data-href="