after_navbar

अलपत्र दोखनीको उद्वारमा हेमन्तापुरका युवा


कार्तिक २२, २०७८


दाङ, कपिल लामिछाने ।
भनिन्छ मानव सेवा नै सबैभन्दा ठुलो सेवा हो । आजभोली मानीसहरु सेवा गर्ने नाममा मन्दिरमा गई हजारौँ,लाखौ दान गर्छन् र त्यसलाई सेवाको नाम दिई समाजसेवी बन्छन् । तर दु:खमा परेका मानीसहरुलाई दुई/चार रुपैया दिएर सेवा गर्नेहरु हाम्रो समाजमा कमै मात्रामा भेटिन्छन् ।

ad

बिगत ३ दिनदेखि हेमन्तपुर वडा कार्यालय नजिकैको प्रतिक्षालयमा अलपत्र पर्दै आएकि आफ्नो नाम दुखनी चौधरी बताउने मानसिक रुपले असक्त महिलाको हिजो बेलुका उद्धार गरि मानव सेवा आश्रम तुलसीपुरमा सुरक्षित साथ उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको रोहबर तथा हेमन्तपुरका युवाहरु गोकर्ण बहकरी, डिलाराम घिमिरे, प्रेम चौधरीको सहयोगमा उक्त महिलालाई मानव सेवा आश्रम तुलसीपुरका उर्विन सापकोटालाई बुझाईएको थियो । उक्त महिलालाई हेमन्तपुरका युवा गोकर्ण बहकरीले ३ दिन सम्म खान र लुगाफाँटा साथै नगद रु. १ हजार दिई सहयोग गर्नुभएको थियो ।

यसरी अलपत्र परेका मानीसहरुको सहयोगमा सधैभरि तुलसीपुर उपमहानगरपालिका वडा नं १८ लागिरहेको र यस्ता कोहि कतैबाट १८ नं वडाका कुनैपनि ठाउँमा अलपत्र परेको नागरिकहरु देखिएमा वडा नं १८ मा सम्पर्क गरे जुनसुकै समयमा भएपनि उद्धार गरि सम्बन्धित ठाउँमा पुर्याउने वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

data-href="