दाङ,कपिल लामिछाने।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आयोजना तथा सुसेली युवा क्लवको सहयोगमा कात्तिक १७ गतेदेखि सञ्चालन भएको दोस्रो शहिद स्मृति वडा कप २०७८ को उपाधि बिजौरी टिमले हात पारेको छ ।
दुधरास लमही टोलको मैदानमा लगातार ४ दिन सम्म चलेको खेलमा १६ टिमको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले उद्धाटन गर्नुभएको खेलमा युवाहरुको बाक्लो सहभागिता रहेको थियो । खेलको आज समापन गरि पुरस्कार वितरण गरिएको छ । खेलमा प्रथम हुने बिजौरी टिमलाई झण्डै ३० केजीको खसी,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
खेलमा दोस्रो हुने दुधरासको टिमलाई नगद ८ हजार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । खेलमा बेष्ट किप्पर, बेष्ट प्लेयर, र हाई स्कोररलाई समेत पदकले सम्मान गरिएको थियो । आज वडा कार्यालयमा अनौपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले खेल र खेलाडीहरुको हौसला बढाउन वडाले प्रत्येक वर्ष यसरी नै यस्ता खालका कार्यक्रमहरु गरि वडा नं १८ मा खेलाडी उत्पादन गर्नमा सहयोग गरिरहने बताउनुभयो । साथै उहाँले वडा नं १८ बाट जिल्ला स्तरसम्म खेल्न तथा राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरि खेलाडी उत्पादन गर्नका लागी छिट्टै नै १५ जना फुटबल खेलाडीहरूको नाम छनोट गरि उनिहरुको ब्यबस्थापनका बारेमा वडाले काम गर्ने समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस