after_navbar

नेकपा एमाले तुलसीपुर ९ को वडा संगठन कमिटिकाे वैठक सम्पन्न


मङि्सर ०४, २०७८


दाङ। नेकपा एमालेकाे दशाैं महाधिवेशनकाे तयारीकाे सन्दर्भमा तुलसीपुर ९ नं. वडा संगठन कमिटिकाे वैठक सम्पन्न भएको छ।
वडा कमिटिका अध्यक्ष क. मुक्ति प्रसाद भट्टराईकाे अध्यक्षता एवम् जिल्ला कमिटि सदस्य क. संगीत बस्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले नगर कमिटि सदस्य क. वामदेव न्याैपानेकाे संयाेजकत्वमा ७ सदस्यिय महाधिवेशन यात्रा तयारी समिति गठन गरिएकाे छ ।

ad

महाधिवेशनमा वडा नम्बर ९ बाट २ वटा बसमा १०० जना कमरेडहरु सहभागी हुने तयारी छ । वैठकमा जिल्ला कमिटि सदस्य क. रामवरण वैश्य, जिल्ला सल्लाहकार क. लाल बहादुर गिरी , नगर कमिटि सदस्यहरु क. वामदेव न्याैपाने, क. देवेन्द्र केसी, क. कल्पना भुसाल लगाएतले आफ्नाे धारणा ब्यक्त गर्नुभएकाे थियाेे । वडा कमिटिका उपाध्यक्ष क. शालिकराम न्याैपानेकाे स्वागत मन्तव्य बाट सुरु भएकाे वैठककाे सञ्चालन सचिव खगेन्द्र वलीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

data-href="