after_navbar

तुलसीपुरमा पुस १ देखि महोत्सव संचालन हुने


मङि्सर १३, २०७८


दाङ । तुलसीपुरमा पुस १ देखि १२ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।

ad

तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर महोत्सव २०७८ लगाउने भएको छ । महोत्सव संचालन गर्ने तयारी गरेको चेम्बरले जनाएको छ । चेम्बर अफ कमर्सले तुलसीपुर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट स्विकृती लिई सकेको चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिए ।

महोत्सव खासगरी चेम्बर अफ कमर्सको भवन निर्माण लागि आयोजना गरेको घर्तीले जानकारी दिए । त्यसका साथै भिजिट नेपाल २०२० मा सरकारले देशभरी महोत्सव लगाउने तयारी गरेको भएपनि कोभिडका कारण सफल हुन नसकेकाले अहिले केही ठुला ठुला कार्यक्रम भईरहेको हुनाले आफुहरुले पनि तुलसीपुरलाई चिनाउनको लागि महोत्वसको आयोजना गरेको घर्तीले बताए ।

त्यसैगरी महोत्सवबाट उठेको केही रकम बोर्डको सल्लाहा अनुसार सामाजिक काममा लगाउने उनले बताए । महोत्सव संचालनको लागि विभिन्न १५ वटा उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="