after_navbar

तुलसीपुरमा थप ३८ जनामा कोरोना पुष्टि


पुष २५, २०७८


दाङ। तुलसीपुरमा आज पनि थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

ad

आइतबार ९१ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको हो । मेट्रो अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शिक्षक ११ जना , बिद्यार्थी ८ जना र अन्य १९ जनामा पोजेटिभ देखिएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।

यो सँगै तुलसीपुरमा सक्रिय संक्रमितको सङ्ख्या १ सय ५५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="