after_navbar

थापा बने महिनाको सर्वोत्कृष्ट प्रहरी


माघ ०७, २०७८


मकवानपुर — इलाका प्रहरी कार्यालय मनहरी,मकवानपुर कार्यरत प्रहरी निरीक्षक प्रकाश थापा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

ad

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा,लागूऔषध दुव्र्यसनी तथा ओसारपसार कार्यमा संलग्न व्यक्तीहरु पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले निरीक्षक प्रकाश थापाले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । – न्युज ग्यालेक्सी मिडिया

प्रतिक्रिया दिनुहोस

data-href="