after_navbar

गरिबकाे सपना


फागुन १, २०७८


ठुला छन् मेरा सपना पुरा गर्ने आट पनि
आटले मा‌‌त्र हुदो रहेनछ यहाँ,
चाहिदो रहेछ पैसाको गाठ पनि
उचाइमा पुग्न ठुलाे पन्छी हुनु पर्ने रहेछ
म सानो पन्छी बाटाे कहाँ चिन्न सक्थे र ?
धन सम्पति भरिपुर्न नभएको मान्छे म
ति ठुला सपना कहाँ किन्न सक्थे र ?

ad

बन्ने मन छ केही हासिल गर्न मन छ ठुलै मुकाम
थाहा छ म सफल हुदैँन भनि
तर जारी छन् मेरा ति कठिन प्रयास
गरिब परिवारमा हुर्केको हुँ
चाहेका कुरा सजिलै कहाँ पाउथे र
धन सम्पति भरिपुर्न नभएको मान्छे म
ति ठुला सपना कहाँ किन्न सक्थे र ?
यति मात्र चाहा छ कि
सफल बनि सबैको प्रेरणा बनुँ
आफ्ना सपनालाई पन्छ्याई
सफलताको इतिहास भनुँ
भराेसा छ आफुमा ज्यादै कसैले नगरेपनि,
साना साना चोट पटक लाग्दैमा हरेस कहाँ खान्थे र ?
धन सम्पति भरिपुर्न नभएको मान्छे म
ति ठुला सपना कहाँ किन्न सक्थे र ?

_आस्रीका डाँगी__

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="