after_navbar

नयाँ वर्षको अवसरमा सिद्धार्थ हार्डवयर एण्ड सप्लायर्स प्रा.लि.का कर्मचारीद्वारा रक्तदान


बैशाख ०१, २०७


दाङ । सिद्धार्थ हार्वयर एण्ड सप्लायर्स प्रा.लि. तुलसीपुरका कर्मचारीहरूले बिहीबार बिहान नयाँ वर्षको अवसर पारी रक्तदान गरेका छन् ।

ad

रक्तदान नै जीवन दान भन्ने कुरालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ हार्डवयर एण्ड सप्लायर्स प्रा.लि.ले बताएको छ । राम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रणव खड्काले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक खम्म बहादुर वली र अध्यक्ष राम बहादुर खड्काले संयुक्तरूपमा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले रगत नपाएर हस्पिटलमा कोहि पनि छट्पटाउन नपरोस् भन्ने सोचका साथ रक्तदान कार्यक्रम राखिएको बताउनुभएको थियो । साथै उहाँले नयाँ वर्ष २०७९ को शुभकामना दिदै नियमित रूपमा रक्तदान गरेर पुण्य कमाउन पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थ हार्डवयर एण्ड सप्लायर्स प्रा.लि.का प्रबन्ध निर्देशक खम्म बहादुर वली, अध्यक्ष राम बहादुर खड्का, शाखा प्रमुख प्रणव खड्का, शाखा प्रमुख चन्द्रप्रकाश खड्का लगायत २२ जना स्टाफ र अन्य ३ जना गरि जम्मा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमलाई प्राबिधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र तुलसीपुरले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="