दाङ, बिनोद केसि। नेकपा एमाले शान्तिनगरले चुनाव नजिकिँदै गर्दा प्रचारप्रसार संगै घरदैलो अभियानलाई तीब्र पारेको छ । सोमबार बिहानै देखि विभिन्न टोलहरुमा गाउँपालिका र सातै वडाका एमालेका उम्मेदवारहरु मतदाताको घर घरमा पुग्नुभएको छ ।
अभियानकै क्रममा नेकपा एमाले शान्तिनगर ४ ले टोल कमिटी गठन पनि गरेको छ। नेकपा एमाले शान्तिनगर गाउँपालिका वडा नम्बर ४ काे वडा कमिटिले पन्थीनगरमा टोल कमिटी गठन गरेको हो। स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले शान्तिनगर गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको छ। नव गठित टोल कमिटीमा अध्यक्ष बल बहादुर बाेहरा ,उपाध्यक्ष सीता खड्का ,सचिवमा जयलाल चलाउने ,उप सचीव कमला चलाउने ,देबिलाला चलाउने सहित १५ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको हो। वडा कमिटीका अध्यक्ष तिलक राम केसिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) ४ नम्बर वडाका इन्चार्ज डिल्ली बहादुर वलि लगायत शान्तिनगर ४ उमेदवारहरुको सहभागी रहेको थियो। कार्यक्रमको संचालन शान्तिनगर गाउपालिका युबा संघका सचिब सुर्यजङ वलिले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस