after_navbar

एमाले तुलसीपुरको प्रचार अभियान तिब्र, पार्टि प्रवेशको लर्को


बैशाख २०, २०७


दाङ । यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा एमालेले १९ वटै वडामा घरदैलो कार्यक्रम जारी राखेको छ ।

ad

बैशाख १२ गते मनोेनयन दर्ता गरे सगैं एमालले प्रचारको अभियानलार्ई अघि बढाएको हो । आज कतै घरदैलो र टोल टोलमा सभाको समेत आयोजना गरेका छन । यसैक्रममा नेकपा एमाले तुलसीपुर ११ नम्बर वडा समितिले आज आठौं दिन बेलगनारी क्षेत्रमा घरदैलो गरेको छ । एमालेको राम्रै संगठन विस्तार भएको बेलगानरीमा अध्यक्षका उम्मेदवार मान बहादुर रावत नेतृत्वका उम्मेदवारलाई जनताले स्वागत गरेका थिए ।

यसैक्रममा नेकपा एमाले तुलसीपुर १४ मा भएको कार्यक्रममा माओवादी पार्टी परित्याग गरि वडा कमिटी उपाध्यक्ष डम्मर कुवर र सचिब अशोक चौधरी लगाएत ३२ जना नेकपा एमालेमा समाहित भएका छन । यस्तै, तुलसीपुर ५ मा अध्यक्षका पदम पोख्रेल नेतृत्वका उम्मेदवारहरु बजार ब्यवस्थित बनाउने योजना सहित घरदैलोमा पुगेका छन । यस्तै वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार दुजमान भण्डारी बर्षात नेतृत्वका उम्मेदवारहरु पनि चुनावि प्रचार प्रसारमा ब्यस्त रहेका छन ।
यसैविच, एमालेबाट प्रमुखका उम्मेदवार टिकाराम खड्काले समृद्ध नगर बनाउनका लागि मत दिन अपिल गरेका छन । तुलसीपुर ४ को आयोजनामा रक्षाचौरमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । त्यसैगरी उपमेयरका उम्मेदवार स्यानी चौधरीले संघर्षमय जिवन यापन गरेकोले जनताको समस्यामा आफु हरदम रहने भएकोले मत दिन अपिल गरेकि थिइन । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार बालकृष्ण राणाले वडामा अझै थुप्रै योजना पुरा गर्न आग्रह गरेका थिए । चुनावि सभामा कार्यकर्तालाई थप हौसला प्रदान गर्न एमाले केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, कोमल वली लगायत त्यहा पुगेका थिए ।
यस्तै तुलसीपुर १३ मा माओवादी केन्द्रको कमिटि नै एमालेमा समाहित भएको छ । अध्यक्ष देव बहादुर विक सहित १५५ जनाको सिङ्गो टिम लाई एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्वागत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

data-href="