after_navbar

शान्तिनगरको बिकास र समृद्धिका लागि एमाले रोज्नुहोस : केन्द्रिय सदस्य वलि


बैशाख २०, २०७


दाङ । शान्तिनगर गाउपालिकामा नेकपा एमालेले आज ७ वटै वडाहरूमा घरदैलाे कार्यक्रम सम्पन्न गरेका छ । नेकपा एमाले शान्तिनगरका सवै वडामा उत्साहजनक सहभागी रहि जनताकाे आशाकाे केन्द्र भनेकाे नेकपा एमाले रहेकाे सहभागीहरुको भनाई रहेकाे छ ।

ad

शान्तिनगरमा गत निर्वाचनमा निर्वाचित उम्मेदवारहरूले शान्तिनगरमा विकाश जनताकाे पक्षमा गर्न नसकेको भन्दै शान्तिनगरमा जनपक्षिय काम गर्नकाे लागि नेकपा एमालेकाे नेतृत्व शान्तिनगरमा आउनु पर्ने वडा न ४ का तिलक केसिले वताउनु भयाे । यसैविच शान्तिनगरकाे घर दैलाै कार्यक्रम पछि काेण सभामा परिणत भई आमसभा सञ्चालन भएकाे थियाे उक्त सभामा नेकपा एमाले शान्तिनगर गाउँपालिका वडा न ४ का अध्यक्ष तिलक केसिकाे सभापतित्व तथा नेकपा एमालेको केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह-ईन्चार्ज काेमल वलिकाे प्रमुख आथित्यता तथा नेकपा एमाले दाङका सदस्य तथा शान्तिनगर ईन्चार्ज गाउपालिका अध्यक्ष पदका उम्मेदवार विष्णु केसिकाे विशिष्ठ आथित्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार केसिले नेकपा सुखी शान्तिनगर समृद्ध शान्तिनगर वनाउन नेकपा एमालेकाे सुर्य चिन्हमा मतदान गर्न सवैमा अनुराेध गर्नुभयाे । यदि नेकपा एमालेले शान्तिनगरको नेतृत्व गरेमा शान्तिनगरका हरेक विकाश निकास र यहाका सवै समस्यालाई सम्वाेधन गर्न सक्ने भिजन आफूसंग रहेकाे वताउनुभयाे । त्यस्तै सभाका प्रमुख अथिति तथा नेकपा एमालेको केन्द्रिय सदस्य काेमल वलिले शान्तिनगर गाउपालिकालाई समृद्ध विकाश संग जाेड्ने पार्टि भनेकाे नेकपा एमाले भएकाे वताउनुभयाे । नेकपा एमालेले राष्ट्रिय हितका निम्ति गरेकाे चुच्चे नक्सा रेल सञ्चालन , हावा वाट विजुलि सञ्चालन, सुरूङ मार्ग , पुल पुलेसा नेकपा एमालेकाे सरकारमा हुदा ल्याएको र शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सवालका विषयमा कुनै पनि काम नगरि कुर्सिकाे लाेभ लालजमा केन्द्रीकृत रहेकाे आरोप लगाउनु भयो। नेकपा एमाले गर्न वाकि काम पूरा गर्न फेरि नेकपा एमालेकाे सरकार ल्याउन सवैले सुर्यमा मतदान गर्न अनुराेध गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेकपा एमाले शान्तिनगर गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार कमला भण्डारि, नेकपा ऐमाले शान्तिनगर गाउँपालिका अध्यक्ष धन वहादुर केसि लगाएतले बोल्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस

data-href="