after_navbar

एमाले शान्तिनगरकाका उम्मेदवारहरु जनतामाझ


बैशाख २५, २०७


दाङ, बिनाेद कुमार केसि। नेकपा एमाले शान्तिनगर गाउपालिका ४ नम्बर वडा कमिटीले रात्रीकालिन चुनावी भेला गरेको छ । पहिलो चरणमा घरदैलो कार्यक्रम सकेको वडाले टाेल केन्द्रीत भेलाहरु गर्न थालेको छ । पहिलाे दिन पन्थीनगर टाेल र दोस्रो दिन शान्तिपुर भएको भेलामा उत्साहित रुपमा सहभागिता देखिएको छ ।

ad

उनिहरु एमालेबाट मात्रै गाउँकाे विकास हुने भनेर जिताउन एक जुट बनेका छन । यसैबीच, शान्ति नगर वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार गाेमान बहादुर वलिले निर्वाचन जितेमा सेवकका रुपमा जनताको काम गर्ने बताएका छन । शान्तिनगर ४ मा भएको रात्रीकालिन चुनावी भेलालाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन ।
वडाको विकास गर्नका लागि आफुसङ्ग याेजना रहेकाेले जिताउन अपिल गरेका थिए । नेकपा एमाले वडा कमिटीका अध्यक्षतामा भएको रात्रीकालिन भेलालाई वडा सदस्य पदका उम्मेदवारहरु चन्दा सुनार , लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण झग्गु प्रसाद केसिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="