after_navbar

एमाले तुलसीपुर : कतै प्रशिक्षण, कतै भेला


बैशाख २५, २०७


दाङ। नेकपा एमालेले तुलसीपुरका १९ वटै वडामा घरदैलो कार्यक्रम सकेर टोल भेला तथा प्रशिक्षण थालेको छ । केहि वडामा चुनावि सभा समेत भएका छन ।

ad

एमाले निर्वाचन परिचालन कमिटिका अनुसार प्रत्येक वडाहरुमा चुनावि सभाको आयोजना गरिएको छ । केहि वडामा सम्पन्न भएको र केहिमा २७ गते सम्म आयोजना गरिएको छ । यसैक्रममा केहि वडामा आज चुनावि सभा सम्पन्न भएका छन । वडा नम्बर १२ को हरीपौरी, वडा नम्बर ३ को दमारगाँउमा सभा सम्पन्न भएको हो ।

हरीपौरीको चुनावी सभालाई एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ कोमल वली, जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत, मेयरका उम्मेदवार टिकाराम खड्का,उपमेयरका उम्मेदवार स्यानी चौधरी, १२ नम्बर वडाको अध्यक्षका उम्मेदवार मान बहादुर केसी, ३ नम्बर वडाको अध्यक्ष पदका उम्मेदवार विर बहादुर विक,, लगायतले सम्बोधन गरेका थिए । त्यस अवसरमा बोल्दै नेताहरुले देशलाई समाजवादको यात्रामा अघि बढाउन एमालेको जित आवस्यक रहेको बताएका थिए । यस्तै मेयर पदका उम्मेदवार टिकाराम खड्काले जनताको सुख दुखको सारथी भएर काम गर्ने अवसर दिन अपिल गरेका थिए । उनले श्वास्थ्य, शिक्षाका क्षेत्रमा जनताले सोचे अनुरुप विकास गरि उत्कृष्ट शहरका रुपमा विकास गर्ने योजना रहेको बताएका थिए ।

यस्तै उपमेयर पदका उम्मेदवार स्यानी चौधरीले भाषणमा भन्दा पनि ब्यवहारमा लागु गर्ने गरि काम गर्न सक्ने सक्षम भएको हुदा जिताउन आग्रह गरेकि थिईन । साथै महिलाको अधिकार सुनुश्चिताको लागी सुर्यमा मत दिन अपिल गरेकि छिन ।

प्रतिक्रिया दिनुहोस

data-href="