दाङ, कपिल लामिछाने ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा बिजय भई यतिबेला धमाधम जनप्रतिनिधिहरु चुनिरहेको र आफ्ना चुनावी घोषणामा भएका कुराहरुलाई पुरा गर्नका लागी तत्पर भईरहेको बेला तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा दोस्रो पटक नेकपा एमालेबाट वडा अध्यक्ष चुनिनु भएका माधव वली र उहाँको टिमले आज पदभार ग्रहण गरेकै दिन बिद्युत महशुलमा छुट दिने निणर्य गरेको छ ।
गरिव तथा बिपन्न परिवारहरु जो बिद्युतको महशुल तिर्न समेत सक्नुहुन्न उहाँहरुका लागी बिशेष गरि यो कार्याक्रम फलदायी हुने र न्युनतम १ सय भन्दा कम महशुल आउने घरपरिवारलाई बिद्युत सँग सहकार्य गरि वडाले नै तिरिदिने ब्यबस्था गर्ने भन्दै उक्त निणर्य गरिएको नवनिर्वाचित वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो जनताको सेवकको रुपमा बिगतमा राम्रो अनुभव संगालेका हामी सबै पुनः निर्वाचित भएका छौँ । हामीलाई बिश्वास गरि निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पूणर् वडाबासीहरुलाई धन्याबाद दिन चाहन्छौँ ।
पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु धन बहादुर बस्नेत, सितल प्रसाद बुढा मगर, जुगिन्या चौधरी र बसन्ती सार्कीले आजबाट हामी जनताका सेवक भएका छौँ । जहाँ जस्तो सुकै समस्या परेपनि जनताको लागी सदैव काम गर्ने भन्दै प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै पदभार ग्रहण गरेकै दिन वडा नं १८ बाट स्वतन्त्र वडा अध्यक्षका उम्मेदार बसन्त कुमार वलीले कार्यालयमा आई नवनर्विाचित वडा अध्यक्ष माधव वलीलाई बधाई तथा सफल कार्याकालको शुभकामना ब्यक्त गर्नुभएको थियो
प्रतिक्रिया दिनुहोस