after_navbar

आर्थिक उपार्जनका लागी आरन बितरण


जेठ १७, २०७



दाङ ,कपिल लामिछाने ।

ad

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले कहिले महिला उद्यमीलाई प्रोत्साहन स्वरुप जिबिकोपार्जन गर्न नगद त कहिले असाहायहरुलाई भौतिक सहयोग गर्दै आइरहेको छ । त्यसै अनुसार आज एक कार्यक्रमको आयोजना गरि तुलसीपुर १८ ले लामो समयदेखि आरनमा काम गर्दै दैनिक गुजारा चलाउदै आउनु भएका तुलसीपुर १८ कोलकाटे टोलका देब बहादुर बिकलाई आर्थिक रुपमा सम्पन्न हुन र उहाँको पेशागत कामलाई सुरक्षीत गर्न एक थान आधुनिक आरन मेशिन बितरण गरेको छ ।


दैनिक रुपमा पुरानो मेशिनबाट जसोतसो गुजारा चलाईरहनु भएका बिकले नयाँ प्रबिधिको मेशिन पाए सँगै अब दैनिक रुपमा पहिलेको भन्दा धेरै काम हुने र शारिरीक रुपमा धेरै बल खर्च गर्न नपर्ने बताउदै वडा नं १८ लाई बिशेष धन्यबाद दिँदै खुसी ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष माधव वलीले हामीले यस वडामा रहेका हरेक क्षेत्रमा काम गर्ने, बिभिन्न पेशामा आबद्ध रहनुभएका बिशेषगरि दलित,गरिब तथा बिपन्नहरुलाई प्राथमिकता दिँदै योजनाहरु बनाएको र एकल महिलाहरुको हकमा दैनिक रुपमा गुजारा चलाउन गाह्रो भएको भए वडा कार्यालयले उहाँहरुका लागी महिला सशक्तीकरण तालीमको ब्यबस्था गर्ने र आयआर्जन हुने सिप सिकाउनमा बिशेष पहल गर्ने बताउनुभयो । साथै उहाँले देब बहादुर बिकलाई बधाई दिँदै हामीले यस वडाका हरेक नागरिकहरुलाई सक्षम र समृद्ध बनाउनका लागी आफ्नो तर्फबाट जनताका गुनासाहरु नआउने गरि काम गरिरहेको र गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="